आइसीसी विश्वकप: इंग्ल्याण्डद्वारा दक्षिण अफ्रिका पराजित | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

आइसीसी विश्वकप: इंग्ल्याण्डद्वारा दक्षिण अफ्रिका पराजित

Ben-Stokes-England

काठमाडौं, १७ जेठ । आइसीसी एकदिवसीय क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड पहिलो खेलमा विजयी भएको छ ।

बिहीबार भएको खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई एक सय चार रनले हरायो । लण्डनस्थित द ओभल मैदानमा टस हारेर ब्याटिङ सुरु गरेको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ११ रन बनायो । कमजोर सुरुवात गरे पनि इंग्ल्याण्डको पारीलाई जेसोन रोय र जोय रुटले बचाए । एक रनमा पहिलो विकेट गुमाएको उसका लागि रोय र रुटले दोस्रो विकेटका रुपमा १०६ रनको साझेदारी गरे । दक्षिण अफ्रिका ३९ ओभर ५ बलमा २०७ रनमा अलआउट भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);