विश्वका एक सय प्रभावशाली महिला : मिसेल ओबामादेखि नेपालकी भूमिका श्रेष्ठसम्म सूचीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विश्वका एक सय प्रभावशाली महिला : मिसेल ओबामादेखि नेपालकी भूमिका श्रेष्ठसम्म सूचीमा

bhumika shrestha

काठमाडौं, १७ जेठ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाकी श्रीमती मिसेल ओबामालगायत संसारका प्रभावशाली एक सय महिलाको सूची बेलायती गैरसरकारी संस्था अपोलिटिकलुले सार्वजनिक गरेको छ, जसमा नेपालकी तेस्रोलिगी अधिकारकर्मी भूमिका श्रेष्ठ पनि समावेश भएकी छन् । ओबामा टप ट्वान्टी विधामा छिन भने भूमिका युवा नेता विधामा छिन् ।

‘ब्लू डाइमण्ड सोसाइटी नेपाल’की पूर्व अध्यक्षसमेत भूमिका नेपालमा लैंगिक तथा यौनिक अल्पसंख्यको पक्षमा नीति निर्माण गर्नका निम्ति दबाव सिर्जाना गर्ने काम गरिरहेकी छन् । उनी राजनितिमा पनि सक्रिय छिन् भने ‘भुमिकाः तेस्रोलिंगीको आत्मकथा’नामक पुस्तक पनि लेखेकी छिन् ।

अपोलिटिकलले टप ट्वान्टी, युवा नेतृत्व, सरकार र राजनीति, अभियन्तालगायतका विधामा विश्वका एक सय प्रभावशाली महिलाको सूची तयार पारेको हो ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);