दाइजोमा मोटरसाइकल नल्याएपछि श्रीमतीको हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

दाइजोमा मोटरसाइकल नल्याएपछि श्रीमतीको हत्या

hatya-murder

काठमाडौं, १७ जेठ । मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । २० वर्षीया विमलादेवी यादवको हत्यामा माइती पक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुबा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् । हत्यामा संलग्न रहेको आरोप लागेका बलेश्वरका दिदीबहिनी र आमा भने फरार रहेको प्रहरीले जनाएको छ । कुटपिट गरी १४ जेठमा विमलादेवीको हत्या भएको थियो ।

विमलाका बुबा कमलेशले विवाहमा ज्वाइँ पक्षले मागेअनुसार नगद, सुनचाँदी र अन्य सरसामान दिए पनि मोटरसाइकल दिन नसक्दा छोरीको हत्या गरेको आरोप लगाएका छन् । ‘केटा पक्षको मागअनुसार नै पाँच लाख नगद, दुई भरी सुन, पचास भरी चाँदी, कपडा र सरसामान दिइएको हो । त्यतिवेलै मोटरसाइकल पनि मागेका थिए, तर दिन सकिएन । जेठी छोरीकै विवाहमा लिएको ऋणले थिचेको अवस्था थियो,’ कमलेशले भने, ‘मोटरसाइकल नपाएकै निहुँमा बिहेपछि छोरीलाई यातना दिन थाले । अहिले जीवन नै सिध्याइदिए ।’ बलेश्वर र विमलाको तीन वर्षअघि विवाह भएको थियो । प्रहरीले हत्या घटनाको अनुसन्धान भइरहेको जनाएको छ । ‘घटना शंकास्पद छ, अनुसन्धान पूरा भएपछि मात्रै वास्तविकता खुल्छ,’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्स्पेक्टर विज्ञान बस्नेतले भने ।

पोस्टमार्टममा ढिलाइ 
१४ जेठमा हत्या गरिएकी विमलाको शव सोही दिन जलेश्वर अस्पताल ल्याइएको थियो । तर, बिहीबार दिउँसो मात्रै पोस्टमार्टम भएको छ । पोस्टमार्टममा भएको ढिलाइप्रति पीडित पक्षले अस्पताल र प्रहरीमाथि आक्रोश पोखेको थियो । तर, प्रहरीले भने आवश्यक कागजात तयार गर्दा ढिला भएको जनाएको छ । पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन ।

मृतक विमलाका पिता कमलेश भन्छन् ‘मोटरसाइकल दिन सकिनँ, छोरीको जीवन नै सिध्याइदिए’
केटा पक्षको मागअनुसार नै पाँच लाख नगद, मेरो क्षमताले भ्याउनेजति  सुन, चाँदी, कपडा र सरसामान दिएकै हुँ । त्यतिवेलै मोटरसाइकल पनि मागेका थिए, तर दिन सकिएन । जेठी छोरीकै विवाहमा लिएको ऋणले थिचेको अवस्था थियो । मोटरसाइकल नपाएकै निहुँमा बिहेपछि छोरीलाई यातना दिन थाले । अहिले जीवन नै सिध्याइदिए ।  छोरीको  विमलाको तीन वर्षअघि विवाह गरिदिएको हुँ ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);