पुष्पा भण्डारीले बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा ऐतिहासिक स्वर्ण | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

पुष्पा भण्डारीले बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा ऐतिहासिक स्वर्ण

काठमाडौँ ,२६ पुष। नेपालकी पुष्पा भण्डारीले बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा ऐतिहासिक स्वर्ण जितेकी छिन् ।आइतबार बंगलादेशको ढाकामा दक्षिण एसियाली विधामा निधौरित दुरी दुई घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पुरा गरेर पुष्पा भण्डारीले स्वर्ण पदक जितेकी हुन् ।

नेपाली एथलेटिक्स इतिहासमा महिलाले म्याराथनमा अन्तर्राष्ट्रिय स्वर्ण जितेको यो पहिलोपल्ट हो । जितसँगै पुष्पाले पाँच लाख बंगलादेशी टाका हात पारेकी छिन् । पुष्पा १३ औं दक्षिण एसियाली खेककुदको महिला म्याराथनमा रजत पदक विजेता हुन् ।

पुरुषतर्फ भने नेपालका किरणसिंह बोगटी दक्षिण एसियाली विधामा चौथो भएका छन् । उनी १३ औं दक्षिण एसिायली खेलकुदको पुरुष म्याराथनमा स्वर्ण विजेता हुन् ।

Leave a Reply

ताजा समाचार