महिला अधिकारको क्षेत्रमा नेपाल विकसित देशभन्दा अघि : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

महिला अधिकारको क्षेत्रमा नेपाल विकसित देशभन्दा अघि : प्रधानमन्त्री ओली

pm oli-mahila adhikar

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला अधिकार र सार्वजनिक क्षेत्रमा महिला सहभागितामा नेपाल विश्वका विकसित देशभन्दा अगाडि रहेको बताउनुभएको छ ।

बिहिवार ‘प्रथम राष्ट्रिय महिला दिवस’को अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले महिला अधिकारको क्षेत्रमा विकसित देशभन्दा नेपालले राम्रो गरेको दाबी गर्नुभयो । उहाँले महिलाको उत्थानविना समाजको उत्थान सम्भव हुँदैन भन्ने कुरा स्विकार गरिएपनि त्यसलाई कार्यान्वयनमा लैजाने कामले भने अझै गति लिन नसकेको उल्लेख गर्नुभयो

प्रधानमन्त्री ओलीले महिलालाई पुरुष सरह अधिकार दिलाउन आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले अवसर पाएको ठाउँमा नेपाली महिलाले क्षमता देखाएका भन्दै महिला जनप्रतिनिधिहरुको काम गर्व गर्न लायक रहेको बताउनु भयो ।

ताजा समाचार