काठमाडौं, १४ जेठ । उपत्यकामा ‘सुरक्षा थ्रेट’ बढ्दै गएको देखिएको छ । आइतबार अपराह्न भएको बम विस्फोटनमा परि ४ जनाको मृत्यु भयो । मृतकहरु कुन पार्टीका, कुन दलका कार्यकर्ता थिए भन्दा पनि उनीहरु नागरिक थिए । पूर्व एआईजी विज्ञानराज शर्माले दक्षिण एसियाली मुलुकहरुमा भन्दा नेपालमा ‘सुरक्षा थ्रेट’ बढी भएको बताउनु भयो । कार्यक्रम ‘खरो प्रश्न’मा बोल्दै शर्माले गृहमन्त्री थापा र प्रहरी विच तालमेल नभएको कुरा उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीले विप्लवलाई हल्का रुपमा लिएको कुरा बताउनु भयो । फरक प्रसङ्गमा शर्माले सरकारले सुरक्षामा लगानी गर्नुपर्ने बताउनु भयो । संगै उहाँले सुरक्षाका आधारभूत कुराहरु बच्चा बेला देखिनै सिकाउनुपर्ने पनि बताउनुभयो । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता केदार कोइरालाले पूर्व एआईजी विज्ञानराज शर्मासंग गरेको कुराकानी हेर्नुहोस् :
ओलीले विप्लवलाई हल्का रुपमा लिए, गृहमन्त्री थापा र प्रहरीबीच तालमेल भएन : विज्ञानराज शर्मा (भिडियोसहित)
ताजा समाचार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
१३ घन्टा अघि
जनकपुरधामको गंगासागरमा निकिता पौडेलले गरिन् छठ पूजा
१३ घन्टा अघि
राष्ट्रपतिद्वारा सूर्यसहित छठी माताको पूजा आराधना
१३ घन्टा अघि
चितवनमाथि कर्णाली याक्सको जित
१३ घन्टा अघि




