अभ्यास खेलमा घरेलु टोली इंग्ल्यान्ड विजयी | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

अभ्यास खेलमा घरेलु टोली इंग्ल्यान्ड विजयी

england-afagansthan

काठमाडौं, १४ जेठ । लन्डनमा भएको अभ्यास खेलमा घरेलु टोली इंग्ल्यान्डले अफगानिस्तानलाई पराजित गरेको छ ।

सोमबार राति लन्डनमा भएको खेलमा घरेलु टोली इंग्ल्यान्डले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको हो । १६१ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले १७.३ ओभरमा मात्र एक विकेटको क्षतिमा भेटायो ।इंग्ल्यान्डका लागि जासन रोयले अविजित ८९ रन बनाउँदा अर्का ओपनर जोनी बैरस्टोव भने ३९ रनमा आउट भए । रोयले ४६ बलमा ११ चौका र चार छक्का प्रहार गरेका थिए ।

यता, जोनीले २२ बलमा सात चौका र एक छक्का प्रहार गरे । त्यस्तै, जोइ रुट २९ रनमा अविजित रहे । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८.४ ओभरमा सबै विकेटको क्षतिमा १६० रन मात्रै बनाएको थियो ।अफगानिस्तानका लागि मोहम्मद नावीले ४४, नोर अली जाद्रनले ३० र दवालत जाद्रनले अविजित २० रन बनाए ।बलिङतर्फ भने जोइ रुट र जोफ्रा एर्चरले समान ३–३ विकेट लिए ।

ताजा समाचार