धादिङ : पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सुचारु | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

काठमाडौं, २० भदौ । धादिङको बेनीघाटमा पहिरो जाँदा रोकिएको पृथ्वी राजमार्ग पूर्ण रुप्मा सुचारु भएको छ। आज मंगलबार बिहान धादिङको बेनीघाटको जदौ खोला क्षेत्रमा सुख्खा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो।

 

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पोखरा, चितवन लगायत राजधानी छिर्ने र बाहिरीने सवारीसाधन बिच बाटोमा नै अलपत्र परेका सवारी साधन अहिले गन्तव्यतफ लागेको धादिङमा कार्यरत एसपी ध्रुवराज राईले इमाउन्टेनलाई बताएका छन्।

 

पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्डमा सँधै जसो पहिरो खसिरहेका कारण यात्रुले हरेक दिन जसो सास्ती खेप्नु परेको छ ।

Uncategorized‐मा वर्गिकृत

ताजा समाचार