इन्डोनेसियाको राष्ट्रपति पदमा विडोडो पुनः निर्वाचित, विपक्षी नेता प्रबोओद्वारा धाँदली भएको आरोप | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

इन्डोनेसियाको राष्ट्रपति पदमा विडोडो पुनः निर्वाचित, विपक्षी नेता प्रबोओद्वारा धाँदली भएको आरोप

indonesia rastrapati

एजेन्सी, ७ जेठ । इन्डोनेसियाको राष्ट्रपति पदमा जोको विडोडो पुनः निर्वा्चित भएका छन् ।

गत महिना भएको निर्वाचनको अन्तिम परिणाम अनुसार उनले प्रतिद्वन्द्वी प्रबोओ सुबिआन्टोलाई पराजित गरेका हुन् । इण्डोनेसियाको निर्वाचन आयोगका अनुसार विडोडोले ५५ दशमलब ५ प्रतिशत मत प्राप्त गरेका छन् भने प्रबोओले ४४ दशमलब ५ प्रतिशत मत प्राप्त गरेका छन् । विडोडो इन्डोनेसियन डेमोक्रेटिक पार्टी अफ स्ट्रगलका तर्फबाट चुनावी मैदानमा थिए। पूर्व सेना प्रमुख प्रबोओ द ग्रेट इन्डोनेसिया मुभमेन्ट पार्टीका तर्फबाट चुनावी मैदानमा थिए ।

मतदान सम्पन्न भएको करिब एक महिनापछि नतिजा सार्वजनिक गर्दा राजधानी जाकार्ताको सुरक्षा व्यवस्था कडा पारिएको छ । सोमबार नतिजा सार्वजनिक गर्नुअघि करिब ३२ हजार थप सुरक्षाकर्मी राजधानीमा परिचालन गरिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विपक्षी नेता प्रबोओले भने धाँदली भएको आरोप लागाएका छन् । सन् २०१४ को निर्वाचनमा पनि प्रबोओ विडोडोसँग पराजित भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);