काठमाडौं, २ जेठ । सरकारले कर्मचारी समायोजनका क्रममा सङ्घमा दरबन्दी धेरै राखेकाले दुर्गम स्थानका कतिपय स्थानीय तह कर्मचारीविहीन हुने अवस्थामा पुगेका छन् ।
सरकारले कर्माचारी समायोजन गर्दा गाउँ पालिकाका ७५ प्रतिशत कर्मचारी अन्यत्र गएको भनाइ स्थानीय तहका प्रतिनिधिको छ । समायोजनका क्रममा सङ्घ र प्रदेशमा धेरै दरबन्दी भएका कारण दुगर्म स्थानको स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सुगममा रोजेकाले यस्तो अवस्था आएको हो ।




