रक्सौल-अमलेखगंज पेट्रोलियम पाइपलाईनको काम ९५ प्रतिशत सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

रक्सौल-अमलेखगंज पेट्रोलियम पाइपलाईनको काम ९५ प्रतिशत सम्पन्न

raxual-amlekhgunj pipeline

श्याम गुप्ता
बारा, ३१ बैशाख । मोतीहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईपलाईन परियोजनाको काम अन्तिम चरण पुगेको छ । ९५ प्रतिशत काम सम्पन्न गरेको परियोजनाले आगामी असारदेखि अमलेखगंज डिपोमा पाईपलाईनबाटै तेल भित्र्याउने तयारीका साथ काम अगाडी बढाएको हो ।

जम्मा दूरी ६९ किलोमिटर रहेको पाईपलाईनको ३२ दशमलव २० किलोमिटर भारतीय क्षेत्रमा र ३६ दशमलव २० किलोमिटर नेपाली क्षेत्रमा पर्दछ । जस मध्ये भारतीय भूमिमा पाईप बिछ्याउने काम सम्पन्न भईसकेको छ , भने नेपाली भूमिमा २ दशमलव ५ किलो मिटर मात्र बाँकी रहेको नेपाल आयल निगमका क्षेत्रीय प्रमुख ईन्जिनियर प्रदिपकुमार यादवले जानकारी दिए ।

परियोजनाले भण्डारण क्षमता बृद्धिका लागि बाराको अमलेखगंज डिपो भित्र रहेका चार वटा पुराना ट्यांकी मध्ये तीन वटाको मर्मत गरी तयारी अवस्थामा राखिसकेको छ, भने एउटाको मर्मत भईरहेको छ । तेल भण्डारण गर्न थप ६-७ वटा भर्टिकल ट्यांक बढाउने योजना नेपाल आयल निगमले बनाएको छ । ईन्जिनियर यादवका अनुसार भण्डारण क्षमता, पाईपको अवस्था र केवलहरुको परिक्षण पश्चात् दुबै देशका सरोकारवालाहरुले तय गरेपछि तेल सञ्चालनमा आउनेछ ।

अहिले दैनिक तीन सय ट्यांकर भारतको रक्सौलस्थित ईन्डियन आयलको डिपोबाट ईन्धन भर्छन् । यस बापत निगमले ढुवानी भाडा मात्रै करिब वार्षिक दुई अर्ब दिने गरेको छ । पाईपलाईन सञ्चालनमा आएपछि वार्षिक दुई अर्ब रुपैयाँ आयल निगमको बचत हुन्छ भने रक्सौल अमलेखगंज गुड्ने ट्यांकरबाट हुने प्रदुषण र ट्राफिक व्यस्थापनमा समेत सहजता आउने छ ।

भारतबाट नेपालको अमलेखगंजस्थित तेल भण्डारण केन्द्रसम्म सिधा पेट्रोलियम पदार्थ ल्याउँदा विभिन्न समयमा हुने बन्द हड्ताल र बाटोको अन्य व्यवधानबाट कुनै असर नपर्ने परियोजनाको दाबी छ । गत वर्ष बैशाख ६ गतेबाट नेपालतर्फ पाईप गाड्ने कार्य थालिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);