आईपीएल : कोलाकाताद्वारा पञ्जाब सात विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

आईपीएल : कोलाकाताद्वारा पञ्जाब सात विकेटले पराजित

kxip vs kkr

एजेन्सी, २१ बैशाख ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । जित संगै कोलकाताले प्ले–अफमा पर्ने आफ्नो सम्भावना जीवितै राखेको छ ।

पराजित भएको किंग्स इलाभेन पञ्जाब भने प्रतियोगिताबाट बाहिरिने पक्का भएको छ । अवे मैदानमा भएको खेलमा कोलाकाताले पञ्जाबलाई सात विकेटले पराजित गरेको हो ।

घरेलु टोली पञ्जाबले प्रस्तुत गरेको १८४ रनको लक्ष्य कोलकाताले १८ ओभरमा मात्रै तीन विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि शुभमन गिलले ६५, क्रिस लिनले ४६ तथा आन्द्रे रसेलले २४ रनको योगदान दिए । गिलले ४९ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा नटआउट ६५ रन बनाएका हुन् । लिनले २२ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे ।

यसअघि पहिले ब्याटिङ्ग गरेको पञ्जाबले ६ विकेटको क्षतिमा १८३ रन बनायो । उसका लागि साम करेनले ५५, निकोलस पुरनले ४८ तथा मयंक अग्रवालले ३६ रन बनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);