महाकाली नदीमाथि नेपाल-भारत जोड्ने पुल निर्माण हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

महाकाली नदीमाथि नेपाल-भारत जोड्ने पुल निर्माण हुने

दार्चुला, १८ बैशाख । महाकाली नदीमाथि नेपाल-भारत जोड्ने मोटरपुलको निर्माण कार्य शुरु भएको छ । भारत सरकारको लगानी र प्राविधिक सुपरीवेक्षणमा निर्माण हुन लागेको पुल निर्माणका लागि माटो परिक्षणको काम शुरु गरिएको हो ।

गत चैत्र १७ गते भारतको पिथौरागढमा नेपाल भारत सुरक्षा अधिकारीहरुको बैठक बसेको थियो । बैठकले ठेक्का तथा प्राविधिक प्रकृया पुरा गरी आगामी जेठको अन्तिम साताबाट पुल निर्माण कार्य सुरु हुने भारतीय अधिकारीहरुले जानकारी दिएको सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुंवरले जानकारी दिनु भयो ।

भारत सरकारको लगानी र प्राविधिक सुपरीवेक्षणमा निर्माण गरिने मोटरपुलको लम्बाई एक सय १० मिटर रहेको छ । दुई देशको प्राविधिकस्तरमा पुल निर्माणका लागि गृहकार्य भएपछि भारत सरकारको लगानीमा ‘डबल लेन’को मोटरपुल बन्न लागेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);