आइपिएल: बैंग्लोरद्वारा किंग्स इलाभेन पञ्जाब पराजित | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

आइपिएल: बैंग्लोरद्वारा किंग्स इलाभेन पञ्जाब पराजित

ipl

काठमाडौं, १२ बैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ ।

बैंग्लोरले किंग्स इलाभेन पञ्जाबलाई १७ रनले हराएको हो । बैंग्लोरको मैदानमा २०३ रनको लक्ष्य पछ्याएको पञ्जाबले सात विकेटको क्षतिमा १८५ रन बनाउन सक्यो । उसका लागि निकोलास पूरनले २८ बलमा ४६, केएल राहुलले २७ बलमा ४२, मयंक अग्रवालले २१ बलमा ३५, डेविड मिल्नरले २५ बलमा २४ तथा क्रिस गेलले १० बलमा २३ रन बनाए पनि हार टार्न सकेनन् । बैंग्लोरका उमेश यादवले तीन तथा नवदीप सैनीले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले चार विकेटको क्षतिमा २०२ रन बनायो ।उसका लागि एबी डी भिल्लियर्सले ४४ बलमा सात छक्का र तीन चौकाको सहयोगमा नटआउट ८२ रन बनाए । यस्तै मार्कस स्टोइनिसले ३४ बलमा नटआउट ४६, पार्थिव पटेलले २४ बलमा ४३ तथा कप्तान विराट कोहलीले ८ बलमा १३ रन बनाए ।

ताजा समाचार