सातै प्रदेशमा 'फोर जी' सेवा विस्तार हुँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

सातै प्रदेशमा ‘फोर जी’ सेवा विस्तार हुँदै

nepaltelecome-4g

काठमाडौं, ५ बैशाख । नेपाल टेलिकमले सात वटै प्रदेशमा फोर जी सेवा विस्तारको कामलाई तीब्रता दिएको छ । नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले सात वटै प्रदेशमा फोर जी सेवा विस्तारको कामलाई तीव्रता दिइएको जानकारी दिइन्।

बिहीबार काठमाडौंमा आयोजित ‘संचारकर्मीहरुसँगको अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले फोर जी सेवा विस्तारका लागि साईट सर्भेको काम ६५ प्रतिशत सम्पन्न गरिएको स्पष्ट पारिन् । नेपाल टेलिकमले १२ महिनामा सम्पन्न हुने गरी सबै प्रदेशमा फोर जी सेवा संचालन गर्ने सम्झौता गत माघ २० गते गरेको थियो ।

सोही सम्झौता अनुसार सबै प्रदेशमा साईट सर्भेको काम ६५ प्रतिशत सम्पन्न गरिएको प्रवक्ता बैद्यले बताइन् । उनले फोरजी सेवा विस्तारका लागि आवश्यक उपकरणहरु भित्र्याउने काम सुरु गरिएको र त्यसको जडानको काम अर्को हप्ताबाट सुरु गरिने उनले बताइन् ।

नेपाल टेलिकमले सबै प्रदेशमा फोर जी सेवा विस्तारका लागि चीनको जी कम्पनी र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौंता गरेको थियो ।

प्रवक्ता बैद्यले १ करोड लाईन मोबाईल आयोजना अन्तरगत समस्या देखिएको ठाउँमा ग्राहकको माग अनुसार मोबाईल टावर थप गर्ने कामलाई पनि निरन्तरता दिइएको बताइन् । नेपाल टेलिकमले सो आयोजना अन्तरगत मोवाईल टावर थप गर्ने काम चालू आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भईरहेको स्पष्ट पारिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);