अब नेपाली बजारमा फेमिली स्कूटर | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

अब नेपाली बजारमा फेमिली स्कूटर

fimly scoter

काठमाडौं, ३ बैशाख । नेपाली बजारमा आई थ्री एस प्रविधिसहितको फेमिली स्कूटर ‘डेस्टिनी १२५’ भित्रिएको छ ।

हिरो मोटरकर्प लिमिटेडले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सो प्रविधि सहितको फेमिली स्कूटर डेस्टिनी १२५ लञ्च गरेको हो । ग्राहकको चाहनालाई ध्यानमा राखेर सो प्रविधि जडित डेष्टिनी १२५ स्कूटर नेपालमा पनि ल्याइएको कम्पनीका प्रमुख रजत भार्गभले जानकारी दिए । अत्याधुनिक प्रविधियुक्त सो स्कूटर नेपाली बजारमा उपयोगी हुने कम्पनीको विश्वास छ ।

डेष्टिनी १२५ स्कूटरको मूल्य भ्याटसहित २ लाख ६ हजार राखिएको छ । भारतीय बजारमा विक्री खुला गरिएको सो स्कूटरको लोकप्रियता बढेर गएकाले नेपालमा पनि त्यसलाई भित्र्याइएको दावी गरिएको छ । सो स्कूटरमा बाहिरैबाट इन्धन भर्ने प्रणाली, रिमोटबाट साँचो खोलिने, मोबाईल चार्ज गर्न मिल्ने लगायतका विशेष सुविधिहरु पनि रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);