गैँडा मर्नुका कारण खोजिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गैँडा मर्नुका कारण खोजिँदै

gaida

भरतपुर, ३ बैशाख ।  चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढेपछि कारण पत्ता लगाउन अध्ययन अनुसन्धान शुरु गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

एकसिङ्गे गैँडाको विश्वकै प्रमुख वासस्थान मानिने चितवन निकुञ्जमा गैँडा धमाधम मर्न थालेपछि विज्ञ टोलीको सहयोग लिएर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अध्ययन गर्न थालेको हो ।

“चितवनमा के कारणले गैँडा मर्ने क्रम वढी भयो भनेर हामीले अध्ययन शुरु गरेका छौ”, विभागका प्रवक्ता विष्णु श्रेष्ठले भने, “विभागकै उपमहानिर्देशक रामचन्द्र कँडेलको नेतृत्वमा विज्ञसहितको टोलीले गैँडा मर्नुका कारण र इकोलोजिष्ट हरिभद्र आचार्यको नेतृत्वमा रहेको प्राविधिक टोलीले निकुञ्जमा गैँडाको पारवहन क्षमता र वासस्थानको अवस्थाबारेमा अध्ययन गरि रहेको छ ।”

दुवै टोलीले प्रारम्भिक तहको अध्ययन गरी सकेको र विस्तृत अध्ययन गरेपछि यसका कारण सार्वजनिक गरिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);