सरकार बिरुद्ध आन्दोलन गर्न देउवाको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सरकार बिरुद्ध आन्दोलन गर्न देउवाको आह्वान

काठमाडौं, २९ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा/विद्यार्थीहरुलाई आह्वान गरेका छन् ।  शुक्रवार बिभिन्न एघार बिद्यार्थी संगठनद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको उल्लेख गरे ।

उनले संवैधानिक परिषदको बैठक बोलाएर संवैधानिक निकायको पदाधिकारी नियुक्तीमा समेत एकलौटी ढंगले निर्णय लिने काम गरेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरे । प्रधानमन्त्री ओलीले आफू नआउने पत्राचार गर्दागर्दै संवैधानिक परिषदको बैठक बोलाएकोमा पनि सभापति देउवाको आपत्ति छ ।

सभापति देउवाले प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउने व्यवस्था गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् । कार्यक्रममा बिभिन्न राजनीतिक दलका नेताहरुले समेत सरकारले जनअपेक्षा अनूरुप काम नगरेको भन्दै सरकारको आलोचना गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);