‘छक्का पञ्जा’ टिमको ‘छ माया छपक्कै’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘छक्का पञ्जा’ टिमको ‘छ माया छपक्कै’

deepak-deepa

काठमाडौँ, २८ चैत । नेपाली चलचित्रमा सर्वाधिक सफल मानिएको चलचित्र ‘छक्का पञ्जा’ टिमले ‘छ माया छपक्कै’ नामको नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरेको छ । विशेषगरी यो टिमलाई ‘छ’बाट आउने नाम फापेकोले पनि ‘छ’लाई छाडेका छैनन् ।

‘छक्का पञ्जा’को तेस्रो सिरिजसम्म लगातार सफल भएर आउँदै गर्दा यो टिमले अहिले भने ‘छ माया छपक्कै’ नामको नयाँ चलचित्र बनाउने निर्णय ग¥यो । तर यसपछि यो टिमले ‘छक्का पञ्जा’कै चौथो सिरिज बनाउनेछ । यो समाचार आजको हिमालय टाइम्स दैनिकमा छ ।

अहिले घोषणा गरिएको ‘छ माया छपक्कै’ भने दीपा श्री निरौलाले निर्देशन गर्ने छिन् । यसलाई ‘घामपानी’ र ‘गापी’ चलचित्र निर्देशन गरिसकेका दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । हरी हुमागाइँले खिच्ने यो चलचित्र आगामी वैशाख २२ गतेबाट छायांकनमा निस्किने बताइएको छ ।

चलचित्र दीपकराजको टिमले विना लगानी ५० प्रतिशत मुनाफा लिने सर्तमा काम गर्न लागेको हो । बुझ्ने भाषामा भन्दा फिल्ममा सम्पूर्ण लगानी निर्माता अधिकारीको रहनेछ तर, फिल्म सफल भएको खण्डमा उनले मुनाफाको ५० प्रतिशत दीपकराजलाई बुझाउनुपर्नेछ । चलचित्रमा हालसम्म दीपक र केदार घिमिरेमात्र कलाकारको रूपमा फाइनल भएका छन् । यसमा जितु नेपाल पनि हुने सम्भावना छ ।

सम्पूर्ण कलाकारहरू फाइनल नभइसकेको अवस्थामा यो चलचित्रमा दीपकराज नै मुख्य हिरोको रूपमा देखिने बुझ्नमा आएको छ । दीपकले यस विषयमा भने बोलेका छैनन् । तर चलचित्र दीपकराज र केदारको मुख्य भूमिका रहने बुझिएको छ । यसअघि यो टिमसँग नछुटेका जितु नेपाल भने अहिले यो टिमसँग हुन्छन् या हुँदैनन् भन्नेमा फाइनल भइसकेको छैन । यदि भए तापनि उनको केमियो भूमिका रहने बुझिएको छ ।

चलचित्रका लागि नायिका फाइनल भइसकेको छ । टिम यसै विषयमा छलफलमै छ । ‘छ माया छपक्कै’मा दीपक शर्माको संगीत रहनेछ । चलचित्रको कथा, पटकथा तथा संवाद कलाकार दीपकराजकै रहनेछ । हाल उनी चलचित्रको फाइनल स्क्रिप्टमा काम गरिरहेका छन् । ‘छ माया छपक्कै’मा सम्पूर्ण लगानी रोहित अधिकारीले गर्दैछन् । दशैँमा यो चलचित्रको भिडन्त अशोक शर्माको ‘रातो टीका निधारमा’सँग हुनेछ । यसअघिको दशैँमा पनि दीपकराज र अशोककै चलचित्रको भिडन्त भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);