हावाहुरी प्रभावितलाई राहत वितरणमा एकद्वार लागू | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८१, मंगलबार

हावाहुरी प्रभावितलाई राहत वितरणमा एकद्वार लागू

rahat bitaran ek dwar pranali

श्याम गुप्ता
बारा, २२ चैत
। जिल्ला प्रशासन कार्यालय बाराले बिहीबारदेखि राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ । जिल्लामा रहेको विपद् व्यवस्थापन समितिले राहत वितरण कार्यलाई प्रभावकारी बनाउन एक द्वार प्रणाली लागू गरेको हो ।

बारा पर्साका हावाहुरबाट प्रभावितहरुलाई राहत वितरणका लागि बिहीबारबाट एकद्धार प्रणाली लागु गरिएको छ । राहत दाताहरुले नजिकका स्थान र पायक परेका स्थानहरुमा मात्रै पटक–पटक राहत वितरण गर्दै आएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको हो ।

बारा पर्साका हावाहुरी प्रभावित स्थानीय वासिन्दा अहिले यथोचित राहातको प्रतिक्षामा रहेका छन् । गाँस र बासकै समस्यामा रहेका उनीहरुलाई अहिले सानै राहतले पनि ठूलो आडभरोसा हुने गर्छ । तर राहत वितरण गर्न पुग्नेहरु आफूखुशी लाग्दा कसैले पाउने र कसैले पाउंदै नपाउने अवस्थाले प्रभावित परिवारमा निराशा बढेको पाइन्छ ।

यस्तो अवस्था देखिएपछि अहिले जिल्ला प्रशासन कार्यालय बाराले स्थान तोकेरै एकद्वार प्रणालीबाट राहत वितरण सुरु गरेको छ । राहत वितरणलाई थप व्यवस्थित गर्न यस्तो प्रणाली लागू गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाको रामुरवा, तेलगाई, हर्दिया लगायतका स्थानहरुमा राहत सामाग्री नपुगेको गुनासो आएपछि यस्तो प्रणाली ल्याइएको हो । क्षतिको प्रारम्भिक तथ्याङ्कको आधारमा पिडितहरुलाई अहिले गाँस, बाँस, कपास र स्वास्थ्यलाई प्राथमिकतामा राखेर राहत वितरण भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख कार्कीका अनुसार प्रभावित क्षेत्र मै गएर स्थलगत रुप मै राहत वितरण गरिएकाले राहत वितरणबाट कोही बन्चित नहुने बताए ।

बारा जिल्लाका देवताल गाउँपालिका, महागढीमाई नगरपालिका, सुवर्ण गाउँपालिकामा हावाहुरीबाट कुनै किसिमको मानविय क्षति भएको छैन । देवताल गाउँपालिकाको रामपुरवामा दुई सय ५३ वटा घर पूर्ण रुपमा क्षति भएको छ । यसैगरी महागढीमाई नगरपालिकाको तेलगाई र सुवर्ण गाउँपालिकाको हर्दियामा समान ८५ घरमा हावाहुरीले पूर्ण रुपमा क्षति पुर्‍याएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);