मुलुकलाई समृद्ध बनाउने १५ औँ योजनाको आधार पत्र मस्यौदा सहित आजदेखि बैठक शुरु | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

मुलुकलाई समृद्ध बनाउने १५ औँ योजनाको आधार पत्र मस्यौदा सहित आजदेखि बैठक शुरु

rastriy bikas parisad

काठमाडौं, २० चैत । राष्ट्रिय विकास परिषद्को बैठक बुधवारदेखि शुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय विकास परिषद् बैठकको उद्घाटन गरेका छन् । राष्ट्रिय योजना आयोगले तयार पारेको २५ वर्षे दीर्घकालिन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदालाई अन्तिम रुप दिन दुई दिने राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको हो ।

बैंठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदार, उपप्रधानमन्त्री, मन्त्रीहरु, प्रदेश सरकारका मुख्यमन्त्रीहरु, संघीय संसद विषयगत समितिका सभापतिहरु, सांसदहरु र विज्ञसहित ३ सय ५० जना भन्दा बढिको सहभागिता रहेको छ ।

मुलुकलाई समृद्ध बनाउने सूचकसहितको १५ औं योजनाको आधार पत्रलाई अन्तिम रुप दिन प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेका राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको राष्ट्रिय योजना आयोगले जनाएको छ । २५ वर्षे दीर्घकालीन सोचसहितको सो आधार पत्रको मस्यौदामा ५ वर्ष भित्र मुलुकमा समृद्धीको सृजना गर्ने, १० वर्ष भित्र समृद्धिका लागि आवश्यक काममा तीव्रता दिने लगायतका कार्यक्रम समाबेश गरिएको छ । बैठक बिहिवार समापन हुनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);