'समृद्ध नेपाल-सुखी नेपाली'को योजना आयोगले तयार पारेको आधार पत्र माथि छलफल शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

‘समृद्ध नेपाल-सुखी नेपाली’को योजना आयोगले तयार पारेको आधार पत्र माथि छलफल शुरु

rastriya yojana aayog

काठमाडौं, २२ फागुन । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य पूरा गर्न राष्ट्रिय योजना आयोगले तयार पारेको २५ वर्षे दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रमाथि छलफल सुरु गरिएको छ ।

आयोगले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा हुने गरी तय गरेको दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रमाथि अर्थविद्, योजनाविद्हरुसँग बुधबारबाट छलफल सुरु गरेको हो । उच्च आर्थिक वृद्धिदर हासिल गरी नेपाली जनताको समृद्धि, समुन्नति र सुखको चाहनालाई पूरा गर्न २५ वर्र्षे दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्र तय गरिएको राष्ट्रिय योजना आयोगका सहसचिव खोमराज कोइरालाले जानकारी दिए । आधार पत्रमा संविधानको पूर्ण कार्यान्वयन गर्न, संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै मुलुकलाई समृद्ध र समुन्नत बनाउने संकल्प पनि गरिएको छ ।

आयोगले तयार पारेको आधार पत्रमा ‘समृद्ध नेपाल र सुःखी नेपाली’को मार्गचित्र पनि प्रस्तुत गरिएको छ । १५ औं योजनाको ५ वर्ष भित्र समृद्धि र सुःखको सृजना, १० वर्ष भित्र समृद्धि र सुखमा तीव्रता तथा अर्को १० वर्षमा समृद्धि र सुःखको दिगोपनाका विषयमा जोड दिने पनि आधार पत्रमा उल्लेख गरिएको छ । आधारपत्रमा मुलुकलाई समृद्ध बनाउने सम्बाहकको रुपमा रहेका कृषि, वन, उद्योग, पर्यटन र जलविद्युत क्षेत्रमा विशेष जोड दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);