बार एसोसिएसन नेतृत्वमा लोकतान्त्रिक समूहको अग्रता, मतगणना जारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

बार एसोसिएसन नेतृत्वमा लोकतान्त्रिक समूहको अग्रता, मतगणना जारी

sunil pokhrel

काठमाडौं, २० चैत । नेपाल बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेलबीच प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो परिणामअनुसार लोकतान्त्रिक समूहका पोखरेलले अग्रता लिएका छन् । गएरातिसम्मको परिणामअनुसार पोखरेलले १ हजार ४ सय ३१ र श्रेष्ठले १ हजार ३ सय ५३ मत पाएका छन् । यसैगरी महासचिवमा पनि लोकतान्त्रिक प्यानलकै लिलामणि पौडेल प्रगतिशिल प्यानलका सुरेन्द्र थापाभन्दा १३९ मत अन्तरले अगाडि छन् । पौडेलले १ हजार ४ सय ३२ र थापाले १ हजार २ सय ९३ मत पाएका छन् । अब कैलाली, कञ्चनपुर, नेपालगञ्ज, सुर्खेत, दाङ घोराही र काठमाडौं उपत्यकाको मत गणना बाँकी छ ।

मत गणना आज विहान ९ बजेबाट पुनः सुरु भएको छ । केन्द्रीय कार्यसमितिका लागि काठमाडौं उपत्यकाका साथै देशभरिका ३५ मतदान केन्द्रमा शनिबार मतदान भएको थियो । एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एकरएक गरी आठ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो ।निर्वाचन समितिका अनुसार २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।नेपाल बार एसोसिएसनका देशभर १० हजार ३१३ मताधिकार प्रयोग गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);