प्रतिगामीहरूले टाउको उठाउन खोजे, माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

प्रतिगामीहरूले टाउको उठाउन खोजे, माधव नेपाल

२०८१,१२,१८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा प्रतिगामी शक्तिहरूले टाउको उठाउने कोशिस गरिरहेको बताएका छन्। सोमबार काठमाडौंमा पार्टीनिकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले इतिहास भइसकेको राजालाई ब्युँताउने कोशिस भइरहेको भए पनि सम्भव नरहेको जिकिर गरेका छन । उनले पूर्वराजा शाहले के त्याग, तपस्या, योगदान गरेका छन् ? भन्दै प्रश्नसमेत गरेका छन । इतिहास फेरि पछाडि फर्किन नसक्ने अध्यक्ष नेपालको भनाइ छ।

अध्यक्ष नेपालले जनताका छोराछोरी देशको राष्ट्रपति बन्न पाउने कि नपाउने भन्दै प्रश्न गरेका छन ।

Leave a Reply