दृष्टिविहिन र शारिरीक अपाङ्गगता भएका दुई विद्यार्थी एसईई परिक्षामा सहभागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

दृष्टिविहिन र शारिरीक अपाङ्गगता भएका दुई विद्यार्थी एसईई परिक्षामा सहभागी

see1

प्रकाश नेपाल
पाल्पा, १३ चैत ।  देशभर अहिले एसईई परीक्षा चलिरहेको छ । पाल्पा जिल्लामा पनि २६ वटा परीक्षा केन्द्रबाट एसईई परीक्षा सञ्चालन भईरहेको छ । पाल्पामा दमकडा नमुना मा.वि.बाट दुई जना अपाङ्गगता भएका विद्यार्थी एसईई परिक्षामा सहभागी भएका छन् ।

उनी सन्ध्या पराजुली हुन् । कक्षा दशका अरु विद्यार्थीहरु झैँ उनी पनि एसईई परीक्षाका लागि सहभागी भएकी छिन् । पाल्पाको दमकडा नमुना माविमा अध्ययनरत सन्ध्या पराजुली कडा मेहेनत र परिश्रमका साथ परीक्षा दिइरहेकी छिन् । तर उनी अरु परिक्षार्थी भन्दा किन फरक छिन् भने उनलाई परीक्षा दिनको लागि लेखन सहयोगीको आवश्यकता पर्दछ । उनी देख्न सक्दैनन् ।

जिल्लाको एकमात्र दृष्टिविहिन विद्यालय रहेको तानसेन नगरपालिका, ९ को दमकडा केन्द्रमा सोही विद्यालयमा दृष्टिविहिन सन्ध्या पराजुली आफ्नो अपाङ्गताका बावजुत पनि पढाईमा तल्लीन छिन् । उनी एसईई परीक्षा दिन पाँउदा खुशी छिन् । तर उनी प्रश्न पत्र र उत्तरपुस्तिका दृष्टिबिहिनमैत्री भएर लेखन सहयोगी बिना आफै लेख्न चाहन्छन् ।

परीक्षा केन्द्रमा अर्का एक शारिरीक अपाङ्गता भएका विद्यार्थी पनि परीक्षामा सहभागी भएका छन् । माथागढी गाउँपालिका तीन कसेनीको दिव्यज्योति माविका शारिरीक अपाङ्गगता भएका भीमबहादुर आलेले पनि परीक्षा दिएका छन् । पाल्पामा दृष्टिविहिन विद्यार्थी पढाई हुने एकमात्र विद्यालय दमकडा मावि रहेको छ । २०६३ सालदेखि यस विद्यालयबाट दृष्टिविहिनले एसएलसी/एसईई परीक्षा दिन थालेका हुन् ।

यस वर्षको एसईई परीक्षामा पाल्पाबाट पाँच हजार ३८ विद्यार्थीहरु सहभागी भएका छन् । त्यसमध्ये छात्राको संख्या दुई हजार पाँच सय ९१ छन् भने छात्रको संख्या दई हजार चार सय ४७ रहेको छ । अपाङगता भएका विद्यार्थीहरु भने दुई जना मात्र रहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);