नेपालमा पहिलो पटक अति सुक्ष्म फोटोनिक चिप आविष्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा पहिलो पटक अति सुक्ष्म फोटोनिक चिप आविष्कार

chip

काठमाडौं, १३ चैत । नेपाली बैज्ञानिकहरुले नेपालकै पहिलो अति सुक्ष्म नानो प्रकाशकीय फोटोनिक चिप आविष्कार गरेका छन् ।

फुटुङ रिर्सच इन्सिच्युटका बैज्ञानिकहरुले सफलतापुर्वक नेपालमै पहिलो पटक अति सुक्ष्म प्रकाशकीय चिप विकसित गरेका हुन् । बुधवार ललितपुरमा आयोजित एक कार्यक्रममा उक्त चिपको आविष्कारवारे जानकारी गराइएको थियो ।

उक्त चिपले मानव शरीररको भित्री तन्तुहरुको छबि निर्माण गर्न सक्ने जनाइएको छ । यो प्रबिधिले बिरामीलाई प्रयोशालामा जानु पर्ने हालको अवस्थालाई अन्त्य गर्ने नेपाली बैज्ञानिकहरुको भनाई छ ।

अति सुक्ष्म नानो प्रकाशकीय फोटोनिक चिप आविष्कारलाई नेपाली बैज्ञानिकहरुले उल्लेखनीय उपलब्धी मानेका छन् । यसको विकासमा सबै क्षेत्रबाट सहयोग हुनु पर्नेमा कार्यक्रममा सहभागी युवा बैज्ञानिकहरुले जोड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);