काठमाडौं, १२ चैत । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको सरकारले पछिल्ला दिनमा गरेका कामहरुको बारेमा कतै चर्चा र कतै विवाद भईरहेको छ । सीके राउतसंग गरिएको ११ बुँदे सम्झौता र त्यही बेला नेत्र बिक्रम चन्दको नेतृत्वमा रहेको नेकपालाई लगाएको प्रतिबन्धले सरकार र सरकारको क्रियाकलाप दुवै चर्चा र विवादमा पनि रहेको छ । प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको नेकपालाई चैत मसान्तसम्म हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिको मूल धारमा आउन अल्टिमेटम दिएका छन् । यस्तो अल्टिमेटम दिईरहदा सरकारलाई विप्लप साचिकै शान्तिको मार्गमा आउँछ भन्ने लागेको छ अथवा आएन भने बल प्रयोग गरेर नियन्त्रण गर्छौ भन्ने लागेको छ ? मन्त्रीमण्डल पुनर्गठनको चर्चा पनि चालिनै रहेको छ । सेना चलाउने अधिकार प्रधानमन्त्रीले किन लिन खोजे ? विप्लवको दल आपराधिक समुह हो कि राजनीतिक पार्टी ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेकपा नेता योगेश भट्टराईसंग गरेको कुराकानी हेर्नुहोस् :




