अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल: जर्मनी सर्बियासँग बराबरी, वेल्सद्वारा ट्रिनिडाड एण्ड टोबाको पराजित | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८१, बुधवार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल: जर्मनी सर्बियासँग बराबरी, वेल्सद्वारा ट्रिनिडाड एण्ड टोबाको पराजित

football

काठमाडौं, ७ चैत । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा जर्मनी सर्बियासँग बराबरीमा रोकिएको छ ।

पहिलो हाफमा १–० ले पछि परेको जर्मनीले दोस्रो हाफमा गोल फर्काउँदै हारबाट जोगिएको हो । १२ औँ मिनेटमा लुका जोविकले गोल गर्दै सर्बियालाई सुरुवाति अग्रता दिलाए । जर्मनीका लागि लियोन गोरेट्ज्काले ६९ औँ मिनेटमा बराबरी गोल फर्काए ।

त्यस्तै, बुधबार राति नै भएको अर्को मैत्रीपूर्ण खेलमा वेल्सले ट्रिनिडाड एण्ड टोबाकोलाई १–० को गोल अन्तरमा पराजित गरेको छ । इन्जुरी समयको दोस्रो मिनेटमा बेन वुडबर्नले गरेको गोलको सहयोगमा वेल्सले जित निकालेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);