साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतबीच भिडन्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतबीच भिडन्त

विराटनगर, ७ चैत । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटवल अन्तरगत उपाधिका लागि शुक्रवार नेपाल र भारतबीच भीडन्त हुँदैछ । विराटनगरको सहिद रंगशालामा नेपालले शुक्रबार उपाधिका लागि चार पटकको विजेता भारतसंग खेल्दैछ । साफमा भारत बलियो भएपनि नेपालले भारतलाई हराएर उपाधि जित्ने दाबी गरेको छ ।

नेपाली टिमका प्रशिक्षक हरि खड्काले शुक्रवारको खेलमा नेपालले जत्ने दाबी गरे । खेलाडीहरुले पनि प्रशिक्षकले दिएको रणनीति अनुसार खेल्दै घरेलु मैदानमा उपाधि जित्ने बताए ।

बुधवार भएको सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४–० ले पराजित गरेको थियो । नेपाल चौंथो पटक साफको फाइनलमा प्रवेश गरेको हो । भारतले बंगलादेशलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालसंगको भेट पक्का गरेको थियो ।

भारतीय प्रशिक्षक र खेलाडीले यसपटकको खेलमा पनि भारतले उपाधि जित्ने दाबी गरेका छन । नेपाली खेलाडीले बिहिवार तराइमा होलीको अवसर पारेर होली खेल्दै स्थानीयसंग आशिर्वाद समेत मागेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);