काठमाडौं, ३ चैत । स्पेनीस ला लिगामा एट्लेटिको मड्रिड एट्लेटि क्लवसँग दुई शुन्यले पराजित भएको छ ।
एट्लेटिक विल्बाओको मैदानमा भएको खेलमा पाहुना टिम मड्रिडले पहिलो हाफमा गोल गर्ने मौका पाएपनि गोल भने गर्न सकेन । दोस्रो हाफमा एट्लेटिक क्लवले आक्रामक फुटबल खेल्दै दुई गोल गर्न सफल भयो । जसका कारण एट्लेटिको स्तब्ध बन्यो । खेलको ७३ औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै टिमलाई अग्रता दिलाए भने ८५ औं मिनेटमा केनन कोद्रोले एट्लेटिक विल्बाओको अग्रता दुई शुन्यमा पुर्याए ।
तर, त्यसपछि मड्रिड खेलमा फर्कन सकेन र सिजनको चौथो हार ब्यहोर्यो । यो हारले उसलाई शिर्ष स्थानको बार्सिलोनासँग दुरी कम गर्ने अवसर गुमेको छ । बार्सिलोनाको २७ खेलबाट ६३ अंक छ भने एट्लेटिको मड्रिडको २८ खेलबाट ५६ अंक छ । तेस्रो स्थानमा रहेको रियलको ५४ अंक छ ।




