एजेन्सी, २ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा आपतकाल लागू गर्ने आफ्नो निर्णयको विपक्षमा कंग्रेस जाने भएपछि भिटो प्रयोग गरेका छन् ।
राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा सीमा क्षेत्रमा पर्खाल लगाउने आश्वासन दिए पनि त्यस विषयमा सहमति जुट्न नसकेपछि आपतकाल लगाउने घोषणा गरेका थिए । तर, राष्ट्रपति ट्रम्पको आपतकालको निर्णयको विपक्षमा कांग्रेसको प्रस्तावमा ट्रम्पले भिटो प्रयोग गरेका हुन् ।
ट्रम्पले सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि आपतलकाल लगाउने निर्णयको विरोधमा ल्याएको प्रस्ताव बिहीबार कंग्रेसबाट पारित भएको थियो । मेक्सिकोसँगको सीमा क्षेत्रबाट अवैध रुपमा आप्रवासी प्रवेश गर्ने गरेको र यसले देशको सुरक्षामा जोखिम उत्पन्न भएको भन्दै ट्रम्पले सीमा क्षेत्रमा पर्खाल बनाउनुपर्ने बताउँदै आएका छन् ।