काठमाडौं, १ चैत । काठमाडौंमा रहेको राहदानी विभागले कार्यालय समय १ घण्टा बढाएको छ । विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिदै कामको प्रभावकारिता बढाउन कार्यालय समय थप गरिएको बताएको छ ।
सधैं १० बजे खुलेर ५ बजे बन्द हुने कार्यालय चैत्र १ देखि ९ बजे खुलेर ५ बजे बन्द हुनेभएको छ । आइतबार देखि बिहिबार सम्म ९ बजे देखि ५ बजे सम्म चल्ने कार्यालयमा शुक्रबार भने ३ बजे सम्म काम हुनेछ ।
बिभागले थपिएको समयले सेवाग्राहिले छिटो छरितो र गुणस्तरीय सेवा पाउने जनाएको छ ।