ओलीले विप्लवलाई बैकल्पिक नेता बनाइदिए, उनि युद्धको तयारीमा छन : सीपी गजुरेल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

ओलीले विप्लवलाई बैकल्पिक नेता बनाइदिए, उनि युद्धको तयारीमा छन : सीपी गजुरेल (भिडियोसहित)

kharo prashna with cp gajurel

काठमाडौं, १ चैत । नेत्र बिक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाएको छ । संविधानको धारा २७० मा दलीय गतिबिधि गरेकै आधारमा कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाईने छैन भनेर त्यहाँ प्रस्टसंग लेखिएको छ । तर हिंसाको सहारा लिएको, आतंक मच्चाएको, चन्दा अशुली गर्ने दल राजनीतिक दल हुदैन लुटेरा समूह हुन्छ भनेर स्वयम प्रधानमन्त्रीले बताईदिएका छन् । त्यसको भोलिपल्ट गृहमन्त्रि रामबहादुर थापाले, ‘राजनीतिक दलको रुपमा व्यवहार नगर्नु, आपराधिक गतिबिधि गरेकाले, आपराधिक समूहकै रुपमा व्यवहार गर्नु’ भनेर उनले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए । त्यसपछि विप्लप नेतृत्वक नेकपालाई प्रतिबन्ध लगाईएको छ । र अहिले विभिन्न खालका विचारहरु बाहिर आएका छन् । एक थरि मानिसहरु प्रतिबन्ध लगाएको ठिक भनिरहेका छन् भने अर्को थरि हरु वार्ता नै नगरी प्रतिबन्ध किन भनेर प्रश्नहरु गरिरहेका छन् । प्रश्न यसकारण पनि उठेको छ कि देश टुक्र्याउनु पर्छ भन्ने सीके राउतसंग ११ बुँदे सम्झौता गर्ने सरकारले विप्लपलाई किन प्रतिबन्ध लगायो ? सरकारले किन सीकेसंग सम्झौता गर्यो ? बादल र विप्लपको सम्बन्ध कस्तो छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेकपा क्रान्तिकारी माओवादीका नेता, सीपी गजुरेलसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);