विललाई एसएनएल शोमा स्थायी प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विललाई एसएनएल शोमा स्थायी प्रतिबन्ध

लसएन्जल्स। लिउड स्टार विल स्मिथलाई ‘सेटरडे नाइट लाइब(एसएनएल)’ शोले प्रतिबन्ध लगाएको छ । सन् २०२२ को ओस्कर अवार्डमा कमेडियन क्रिस रकलाई थप्पड हानेपछि चर्चामा आएका उनलाई शोले स्थायी रुपले नै प्रतिबन्ध लगाउने निर्णय लिएको हो । एनबीसी स्केच श्रृंखला ओस्कार थप्पड काण्डपछि विललाई स्थायी रुपमा नै प्रतिबन्ध लगाउने निर्णयमा पुगेको छ । यो शोमा कमेडियन क्रिस रक महत्वपूर्ण भूमिकामा छन् । उनले सन् १९९० देखि १९९३ सम्म यो शोमा अभिनय गरेका थिए । ‘क्रिससँग विलले जुन व्यवहार गरे, त्यो क्षमायोग्य छैन । त्यसकारण एसएनएलले उनलाई बोलाउने छैन । कार्यक्रम सञ्चालनको त परेको कुरा हो, उनलाई दर्शकबीच बस्ने टिकट पनि उपलब्ध हुने छैन’, शो निकट स्रोतले भनेको छ।

शोका निर्माताले स्मिथ पुनः शोमा आए भविष्यमा अन्य ठूला स्टार शोमा सहभागी हुन अस्वीकार गर्नेमा चिन्ता व्यक्त गरेका छन् ।

विलकी श्रीमति जेडा पिंकेट स्मिथको मुण्डन शिरमाथि क्रिसले मजाक गरे पनि गत मार्चमा विलले स्टेजमा गएर क्रिसमाथि थप्पड हिर्काएका थिए । यो घटनापछि विलले कैयौं पटक माफी पनि मागिसकेका छन् । तर क्रिसले भने उनको माफीलाई स्वीकारेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);