काठमाडौँ महानगरका हरेक वडामा पार्क | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

काठमाडौँ महानगरका हरेक वडामा पार्क

park

काठमाडौं, २५ फागुन । काठमाडौंँ महानगरपालिकाले सुन्दर महानगरपालिका निर्माणका लागि प्रत्येक वडामा पार्क निर्माण गर्ने भएको छ । हाल महानगर क्षेत्रका विभिन्न स्थानमा भएका पार्कलाई थप व्यवस्थित गरी कम्तीमा ‘एक वडामा एक पार्क’ नीति कार्यान्वयनमा ल्याउन लागेको हो ।

सहरी सौन्दर्य वृद्धि गर्न र बिहानको समयमा महानगरबासीलाई शारीरिक व्यायाम गर्न मिल्ने गरी पार्क निर्माण गर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ । अहिले काठमाडौँ महानगरपालिकाको विभिन्न क्षेत्रमा गरी २२ वटा पार्क छन् । ती पार्कलाई थप व्यवस्थित गर्ने र कम्तीमा एउटा वडामा एउटा पार्क पर्ने गरी पार्क निर्माण गर्ने महानगरपालिका वातावरण व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार अहिले जमल, सुन्धारा, रत्नपार्क, न्यूरोड, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नागपोखरी, कोटेश्वर तीनकुने, तीनकुने दक्षिणतर्फको पार्क, बालाजु, टङ्केश्वर, एयरपोर्टमा पार्क छन् । त्यस्तै, सिद्धधर शालिक, कृष्णपाउरोटी चोक, महाङ्काल मन्दिर अगाडि, वीर अस्पताल चोक, भोटाहिटी, रणद्धिप चोक, त्रिचन्द्र चोक, सानो गौचरनमा पार्क छन् ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले ती स्थानमा भएका सबै पार्क व्यवस्थित छैनन् । साँझ र बिहानको समयमा व्यायाम गर्न पनि मिल्ने छैनन् । अब ती पार्कलाई थप व्यवस्थित गर्ने योजना महानगरपालिकाले बनाएको बताए ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);