अदालतको फैसलाप्रति आपत्ति जनाउँदै देशभर आन्दोलन गर्ने राजपाकाे चेतावनी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८१, मंगलबार

अदालतको फैसलाप्रति आपत्ति जनाउँदै देशभर आन्दोलन गर्ने राजपाकाे चेतावनी

काठमाडौं, २४ फागुन । सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुले अधिकार प्राप्तीका लागि लडाई लड्ने चेतावनी दिएका छन् । राष्ट्रिय जनता पार्टी नेपालका नेता महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरुले अधिकार प्राप्तीका लागि लडाई लडेका आफ्ना पार्टीका सांसद रेशम चौंधरीलगायतका नेता, कार्यकर्तालाई जन्मकैदको सजाय दिने अदालतको फैसलाप्रति आपत्ति जनाउँदै देशभर आन्दोलन गर्ने चेतावनी दिए ।

नेता ठाकुरले सरकारले संघीयतालाई असफल बनाउने षड्यन्त्र गरिरहेको उल्लेख गर्दै आक्रोश पनि व्यक्त गरे । उनले संघीयता नरहे संविधान नरहनेतर्फ पनि सरकारलाई सचेत गराए । । शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय जनमुक्ति पार्टीसँगको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेता ठाकुरले सबैको अधिकारलाई सुनिश्चित गर्न संविधान संशोधनका लागि गरिएको पटक पटकको आग्रहलाई पनि सरकारले वेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

अर्का नेता महतोले आफूहरुको अधिकार प्राप्तीको आन्दोलनलाई शासक वर्गले दमन गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । उनले अधिकार प्राप्तीको आन्दोलनमा आउन पनि सबै उपेक्षित समुदायलाई आह्वान गरे।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी, नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता भएको पनि घोषणा गरिएको थियो । दुई पार्टीबीचको एकताले अधिकार प्राप्तीको आफूहरुको आन्दोलनलाई थप उचाईमा पु-याउने नेता महतोले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);