राजपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

राजपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

rajapa

काठमाडौं, २३ फागुन । राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालको बुधबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । पार्टीका सांसद रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय दिने जिल्ला अदालत कैलालीको फैसलापछि सरकारमा नबस्ने निर्णय लिइएको पार्टीका नेता राजेन्द्र महतोले जानकारी दिए । बैठकले पार्टीका सांसद चौधरीलाई जन्मकैदको सजाय दिने जिल्ला अदालत कैलालीको फैसलाले पार्टीलाई स्तब्ध र मर्माहत बनाएको निष्कर्ष निकाल्दै त्यस विरुद्ध आन्दोलनमा जाने निर्णय गरेको छ ।

एक वर्ष बितिसक्दा पनि सहमति अनुसार संविधान संशोधन समेत नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिनु परेको राजपाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);