लोकतन्त्रका नाममा सरकारले लुटतन्त्र मच्चाएको कमल थापाको आरोप | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८१, सोमबार

रुपन्देही, २२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको नाममा सरकारले लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् । राप्रपाले फागुन पाँचबाट ताप्लेजुङबाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बुधबार रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै थापाले केही कर्मचारी, व्यापारी र केही ठूला नेता मिलेर मुलुकमा ब्रम्हलुट मच्चाएको अरोप लगाए ।

उनले एनसेलको कर छलीको काण्ड, ३८ क्वीन्टल सुन तस्करी, बाइडबडी हवाइजहाज खरीद प्रकरणले देशमा लुटतन्त्र चलेको स्पष्ट भएको दावी गरे । थापाले नेपालमा विगतमा धेरै राजनीतिक परिवर्तन भएपनि देश टुक्रयाउने कुरा नचलेको भन्दै पछिल्लो २ वर्षमा देश टुक्राउने कुरा खुलेयाम आउँदा समेत सरकार मौन बसेको अरोप लगाए ।

उनले विखण्डकारी तत्वलाई समयमै निस्तेज नगरे राष्ट्रिय सुरक्षामा गम्भीर खतरा आउने भन्दै मधेससहित सम्पूर्ण देशमा राष्ट्रिय भावना जगाउन काम गर्नुपर्ने बताए । थापाले हिन्दु पहिचानले देशलाई एक बनाउनसक्ने भन्दै त्यसका पक्षमा एक भएर लाग्न सबै नागरिकलाई आह्वान गरे ।

९४ प्रतिशत ओमकार समुदाय रहेको नेपालमा षड्यन्त्रपूर्वक धर्मनिरपेक्षता लादिएको भन्दै त्यसका विरुद्ध लाग्नु आम नागरिकको कर्तव्य हुने उनको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);