काठमाडौं, २२ फागुन । नेकपाका नेता बामदेव गौतमले स्वर्गीय रविन्द्र अधिकारीको अधुरा कामहरु पूरा गर्न आफू तयार रहेको बताएका छन् । बुधवार अनेरास्ववियूद्धारा राजधानीमा आयोजित श्रद्धान्जली सभामा गौतमले स्वर्गीय अधिकारीको अधुरा रहेका कामहरु पुरा गर्ने संकल्प लिन आफू तयार रहेको बताएका हुन् ।
गौतमले आफू स्वर्गीय अधिकारीको उत्तराधिकारी भएको समेत उल्लेख गरे ।
श्रद्धान्जली सभामा अनेरास्ववियूकी अध्यक्ष समेत रहेकी सांसद नविना लामाले स्वर्गीय अधिकारीको नाममा अक्षय कोष खडा गरी उक्त कोषमा कम्तीमा २० लाख रुपैयासम्म रकम जम्मा गर्ने बताईन् । उनले उक्त रकमले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने उल्लेख गरिन्।
अधिकारीको फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो ।