बैंक तथा बित्तिय संस्थालाई लगानी बढाउन अर्थमन्त्री खतिवडाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

बैंक तथा बित्तिय संस्थालाई लगानी बढाउन अर्थमन्त्री खतिवडाको आग्रह

yubraj khatiwada-lagani sammelan

काठमाडौं, २२ फागुन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दीर्घकालीन प्रकृतिका विकास आयोजनाहरुमा लगानी गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरेका छन् ।

अर्थमन्त्री खतिवडाले व्यवसायिक क्षेत्रको लगानीमा देखिएको अभाव हटाउन पनि बैंक तथा वित्तिय संस्थाहरुले दीर्घकालीन प्रकृतिका विकास आयोजनाहरुमा लगानी गर्नुपर्ने आवश्यकता पनि औंल्याए । बुधबार काठमाडौंमा नेपाल पूर्वाधार बैंक लिमिटेडको उद्घाटन कार्यक्रममा उनले मुलुकमा दीर्घकालीन प्रकृतिको विकास आयोजनाका लागि पूँजी र जनशक्ति दुवै आवश्यक रहेको उल्लेख गरे ।

अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तिय संस्थाहरुले छिटो मुनाफा लिने होडमा मात्रै ध्यान केन्द्रित गर्न नहुने पनि स्मरण गराए । ४० अर्व अधिकृत पूँजी र २० अर्व जारी पूँजीमा स्थापना गरिएको सो बैंकले ४० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);