काठमाडौं, १८ फागुन । कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा भारतले एकोहोरो रुपमा मनोमानी ढंगले नाला र पर्खाल बनाउने कामलाई निरन्तरता दिइरहेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडा नं ११ स्थित नेपाल भारत सीमा क्षेत्रमा नेपाली प्रशासनसँग सहमति नगरी भारतीय वन विभागले एकपक्षीय रुपमा नाला खनेर डिल बनाइरहेको छ ।
नेपाल–भारत सीमा गौरीफन्टा नाका र पुनर्वासको डोकेबजारस्थित सीमा स्तम्भ नम्बर १७१ देखि ७७३ सम्म नेपाली प्रशासनको अनुमती बिना भारतीय पक्षले मनपरी डोजर लगाएर नाली बनाउन थालेको छ ।
भारत र नेपालका अधिकारीहरुबीच माघ ११ गते भएको छलफलबाट उच्चस्तरीय निर्णय गरी अघि बढ्ने सहमती भएपनि भारतले दादागीरी शैलीमा काम गरिहेको छ । भारतको यो मिचाहा प्रवृति नेपाली प्रशासन मुकदर्शक बनिरहेको छ।
थप जानकारीका लागि भिडियो हेर्नुहोस् :