मन्त्री रवीन्द्र अधिकारीलाई गृहनगर पोखरा पुर्याईयो | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

मन्त्री रवीन्द्र अधिकारीलाई गृहनगर पोखरा पुर्याईयो

Rabindra Sab Pokhara

काठमाडौं, १७ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर पोखरा पुर्‍याइएको छ। उनको पार्थिव शरीरलाई दाहसंस्कारका लागि पोखरा लगिएको हो । मन्त्री अधिकारीको पार्थिव शरीर भर्खरै पोखरा विमानस्थल पुर्‍याइएको हो ।

मन्त्री अधिकारीको पार्थिव शरीरलाई शवयात्रासहित आजै रामघाटमा अन्त्यष्टि गरिनेछ। शवयात्राको व्यवस्थापन गण्डकी प्रदेश सरकारले गरेको छ। मन्त्री अधिकारीको शवलाई पोखरा विमानस्थलबाट सिधै नयाँ बजारको प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि लगिने बताइएको छ।

त्यहाँ करिब दुई घण्टा श्रद्धाञ्जलीका लागि राखेपछि नयाँ बजारबाट महेन्द्र पुल–रानीपौवा हुँदै क्षेत्रीय अस्पताल मार्गबाट रामघाटमा पुर्‍याएर अन्त्यष्टि गरिने बताइएको छ ।

मन्त्री अधिकारलाई श्रद्धाञ्जली दिन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पोखरा जाने छन् भने नेकपाले पनि वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई श्रद्धाञ्जलीका लागि पोखरा पठाएको छ । मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन गाउँगाउँबाट नेकपा कार्यकर्ता पोखरा आइ सकेका छन् ।