ओली र प्रचण्डबीच सरकार फेर्ने लिखित सहमति छ, ओली राजा ल्याउन चाहन्छन : राजेन्द्र श्रेष्ठ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ओली र प्रचण्डबीच सरकार फेर्ने लिखित सहमति छ, ओली राजा ल्याउन चाहन्छन : राजेन्द्र श्रेष्ठ (भिडियोसहित)

kharo

काठमाडौं, १७ फागुन । सरकारको एउटा महत्वपूर्ण दल हो संघिय समाजवादी फोरम । फोरम सरकारमा जादा लिखित सहमति भएको थियो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको शब्द सापटी लिने हो भने संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, स्वयम प्रचण्ड र अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर भएको छ । संविधान संशोधन गर्छौ भन्ने सम्झौता भएपछि बल्ल फोरम सरकारमा सहभागी भयो । सरकार बनेको एक वर्ष भईसकेको छ । यसबीचमा संविधान संशोधनको कुरा अघि बढ्न नसके पनि फोरम सरकारमै रहिरहेको छ । उसले बेलाबखतमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउने र स्मरण गराउने काम गरिरहेको छ । तर प्रक्रिया चाहिँ अघि बढ्न सकेको छैन । सरकारसंग दुई तिहाईको बहुमत छ, संविधान संशोधन गर्न उपयुक्त मौका पनि छ, तर यो प्रकिया किन अघि बढ्न सकेन ? सरकारले किन अपेक्षा अनुसार काम गर्न सकेन ? सरकारले काम गर्न नसक्नुको मूल कारण के हो ?  यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले संघिय समाजवादी फोरमका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठसंग गरेको कुराकानी हेर्नुहोस् :

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);