मलेसियामा १ लाख २५ हजार नेपाली कामदार अवैध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

मलेसियामा १ लाख २५ हजार नेपाली कामदार अवैध

malesia kaamdar

काठमाडौं, १६ फागुन । केही समयअघिसम्म नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने मुलुक मलेसियामा १ लाख २५ हजारभन्दा बढी नेपाली कामदार अवैध रुपमा बसोबास गर्दै आएका छन् ।

पहिलो कम्पनी छोडेर अन्यत्र जाँदा हुने वैधानिक संकटका बारेमा जानकारी नहुँदा धेरैजसो नेपाली कामदार अवैध हुने गरेको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

मेनपावर कम्पनीमार्फत सम्झौता भएअनुरुपको तलब काम गर्ने कम्पनीले नदिएको , तोकिए भन्दा बढी र अप्ठ्यारो काम लगाएको लगायत कारणबाट कामदारले कम्पनी परिवर्तन गर्ने गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

तर, त्यसरी कम्पनी परिवर्तन गर्दा हुने कानुनी संकटका बारेमा धेरै कामदार अनभिज्ञ रहेको राजदूतावासका प्रथम सचिव विनोद मुखियाले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);