काठेपुल तर्दा साइकललाई ५ र मोटरसाइकललाई २० रुपैयाँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठेपुल तर्दा साइकललाई ५ र मोटरसाइकललाई २० रुपैयाँ

kathe-pool

काठमाडौं, १६ फागुन । कञ्चनपुर – दोदा नदीमा बनाइएको काठे पुल तर्न साइकलले ५ र मोटरसाइकलले २० रुपैयाँ तिर्नुपर्छ । उक्त काठेपुल स्थानीय इटाहा बाबा मन्दिर सहयोग समितिले राखेको हो । नदी तरेको रसिद काटिरहेका रघुवीर रानाले समितिले नदीमा काठेपुल बनाइदिएको र सेवावापत पैसा लिने गरेको बताए ।

पुल नहुँदा त्यहाँका स्थानीयले आवातजावतमा समस्या भोग्दै आएका थिए । बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको स्थायीले सुनाए ।

मामाघर जाँदै गरेकी उमिएला रानाले दोदा नदीको डरले आफूहरु कहिले काँही मात्रै हिउँदमा मामाघर जाने गरेको बताइन् ।

रानाले हिँउनदमा काठेपुलको सहारा भएपनि बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्न बाध्य हुने बताए । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);