राजनीतिक परिवर्तनमा युवा: जुलुस, धर्ना होस् या आन्दोलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राजनीतिक परिवर्तनमा युवा: जुलुस, धर्ना होस् या आन्दोलन

yuwa

काठमाडौं, १३ फागुन । हरेक राजनीतिक परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण रहने गर्छ । जुलुस, धर्ना गर्न होस् या देशको राष्ट्रियता जोगाउने आन्दोलन युवा शक्ति विना सम्भव नैं हुँदैन । देश विकासमा मुल शक्तिका रुपमा चिनिने युवाशक्ति राजनीतिक परिर्वतन पछि भने सधै पछिल्लो पंतिमा पुग्ने गरेको छ ।

अन्तराष्ट्रियस्तरमा युवा भनेर ३५ वर्षसम्मको उमेरसमुहलाई मानिएपनि नेपालमा ४५ वर्षभन्दा कम उमेर समुहको वर्गलाई युवा भन्ने गरिन्छ । देशको कुल जनसंख्यामध्ये झण्डै ४० प्रतिशत युवा जनसंख्या छ । बार्षिक ५ लाखको दरले श्रम बजारमा आउने युवा जनसक्ति देशमा रोजगारीको अवसर नहुदा दैनिक १५ सयको हाराहारीमा विदेशिने गरेका छन् । देशमा भएका युवाहरु पनि कि त राजनीतिक पार्टीको प्रयोगशाला भइरहेका छन् कि त यतिकै भौतारिएर समय काटि रहेका छन् । २००७ सालको प्रजातन्त्र प्राप्तिको आन्दोदलन देखि ६२/६३ को परिवर्तनसम्म युवाहरु नै आन्दोलनको अग्रपंतिमा छन् । तर, जव राजनीतिक परीर्वतन हुन्छ तव युवालाई जिम्मेवारी र नेतृत्वको अवसरबाट विमुख बनाइने गरेको छ । युवाहरु शिर्ष तहमा बसेका नेताहरुनै सत्ता मोहमा लिप्त हुँदा युवाले अवसर पाउन नसकेको आरोप लगाएका छन् ।

देशको विकासको संवाहक बन्नुपर्ने युवा शक्ति शृजनशील काममा लाग्न सकेको छैन । राजनीतिक स्वार्थको चङ्गुलमा फसेर आन्दोलन र दलको निर्देशनका कारण अन्योलको दलदलमा फसेका छन् । स्वतन्त्र विद्यार्थी युनियन र आफ्नै संगठनका विवादमा फस्दा युवाहरु सृजनशील काम भन्दा राजनीतिमै रुमल्लिरहेको देखाउँछ । अनेरास्ववियु र अखिल क्रान्तिकारी सांगठानिक एकता नहुँदा अन्योलमा छन् भने नेविसंघ विघटन भएर कार्यसमिति बिहिन छ । बेरोजगार हरुको समस्या समाधान गर्ने र देशको भविय निर्माण गर्ने नेताहरु आफ्नै पार्टीभित्र सुरक्षित नहुँदा समस्यामा छन् ।

सामुहिक चिन्तन शैली, सामुहिक जिम्मेवारी, क्षमता अनुसारको जिम्मेवारी केही पनि नहुनु शिर्ष नेताहरु बृद्ध अवस्थासम्म पनि आफ्नो पद छाड्न नसक्दा युवाहरुमा निराशा बनेको राजनीतिक विश्लेषकहरुको बुझाई छ । मुहान संलो नहुँदासम्म नदि सफा नहुने भन्दै राजनीतिलाई प्रतिष्ठित बनाउन सत्ता र शक्तिमोहबाट नेतृत्व हस्तातरणको अभ्यास सुरु गर्नुपर्ने उनीहरुको सुझाव छ ।

राजनीतिक दलभित्र युवासम्बन्धी स्पष्ट नीति नहुनु, नेताहरुमा युवा परिचालनको योजना नहुनु अनि युवा आफैले नेतृत्वका लागि ल्याकत निर्माण नगर्नु राजनीतिको प्रमुख समस्या हो । सत्ता र शक्ति कसैले पनि सहज अवस्थामा हस्तान्तरण गर्दैन यो शक्तिको विशेषता पनि हो । युवाहरुले राजनीतिमा हस्ताक्षेप गर्न नसके सधै यस्तै गुनासोमा सिमित हुने निश्चित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);