"सरकारबाट निराश भए पनि आशा गर्ने प्रमुख प्रतिपक्षी दल छ" | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

“सरकारबाट निराश भए पनि आशा गर्ने प्रमुख प्रतिपक्षी दल छ”

congress

काठमाडौं, १३ फागुन । सरकारबाट नागरिक निराश भए पनि आसा गर्ने भनेको प्रमुख प्रतिपक्षी दल सँग हो । अहिले दुई तिहाईका सरकार बनेर पनि जनअपेक्षा अनुरुप काम हुन नसकेकोमा व्यापक जन-गुनासो छ । तर, कांग्रेस भने व्यक्तिगत तथा गुटगत बर्चश्वका लागि वैचारिक बहसबाट भ्रातृ संगठन भिडाउने तहसम्म ओर्लिएका छन् । त्यसैले नागरिक निराशा अव कस्ले बोक्ने भन्ने बहस सुरु भएको छ ।

निर्वाचनबाट दोस्रो हैसियतमा पुगेको नेपाली कांग्रेसलाई संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिका मार्फत नागरिक आवाज उठाउने भूमिका छ । सरकारले नागरिकमा आशा जगाउन सकेन भने प्रमुख प्रतिपक्षले नै नागरिक विश्वास लिदै सरकारलाई खबरदारी गर्ने हो । यस्तो महत्वपूर्ण जिम्मेवारी जनमतमार्फत पाएको नेपाली कांग्रेस भने आफै घरझगडामा फसिरहेको छ । निर्वाचन परिणामदेखि नैं त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्ने र नपर्ने विवादमा फसेको नेपाली कांग्रेसका नेताहरु अहिले गुटको अस्तित्वका लागि भ्राते संगठनलाई भिडन्तमा ओराल्ने तहमा ओर्लिएका छन् ।

नेताहरुले भ्रातृ संगठन भिडाएर रमिता गर्दा नागरिकमा मात्र हैन स्वयं कांग्रेसका नेताहरुमासमेत निराशा देखिएको छ । त्यसैले नेपाली कांग्रेसका पदधिकारीहरु पनि गुटगत स्वार्थले पार्टीलाई बदनाम गराएको स्वीकार गर्छन् । उनीहरु संगठनभित्र अनुशासन कायम नहुँदा संगठनबिहिन अवस्था आएको भन्दै त्यसलाई व्यवस्थापन गर्न चाडै अनुशासन समिति बनाएर अघि बढ्न लागेको बताएका छन् ।

नेविसंघ नेताहरुसमेत पार्टीमा नीतिभन्दा नेता र संगठन भन्दा अराजकता हावी भएका कारण त्यसको प्रभाव नेविसंघमा देखिएको बताएका छन् । उनीहरु नेताहरुले सुधार नगरे संगठन नैं दुर्घटनामा जाने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

नेपाली कांग्रेसभा आन्तरिक लोकतन्त्रको बहस यति वेला उत्कर्षमा छ । तर, महासमिति बैठकले दिएको निर्देशन समेत पालना नभएको भन्दै ठुलो समुहले पार्टी निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेको छ । कांग्रेस नेताहरु त्यसलाई पनि फरक ढंगले व्याख्या गर्दै महासमितिले कुनै निर्णय नगरेको भन्दै केन्द्रीय समितिको प्रस्ताव अनुरुप निर्णय भएको दावी गर्छन् ।

कांग्रेसमा यही अराजकता र व्यक्तिवादी प्रवृतिका कारण दुइवना अनुशासन समिति बनेर पनि कामै नगरि भंग भएका छन् । पार्टीका ४२ विभाग बनाउनुपर्नेमा एउटा पनि विभाग गठन हुन सकेको छैन भने विधानले भनेका अन्य संचनापनि निर्माण भएका छैनन् । संसदमा प्रतिपक्षका रपमा उसको उपस्थिति त छ तर प्रभावकारी उपस्थिति देखिएको छैन । त्यसैले आन्तरिक विवादका कारण कांग्रेसले आफ्नो औचित्य घटाइ रहेको छ । यसले नागरिकमा आसा भर्नुपर्ने प्रतिपक्ष त्यो जिम्मेवारीमा मात्र चुकेको छैन । सांगठानिक अराजकतामा प्रवेश गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);