पुन: टेण्टर आव्हान गरेर भएपनि मेलम्चीको पानी काठमाडाैं आउँछ : मन्त्री मगर | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पुन: टेण्टर आव्हान गरेर भएपनि मेलम्चीको पानी काठमाडाैं आउँछ : मन्त्री मगर

मेलम्चीमा कसैको कुनै पनि गिद्दे नजर पर्न नदिने प्रतिबद्धता

काठमाडौं, १० फागुन । खानेपानी मन्त्री विना मगरले पुन टेण्टर आव्हान गरेर भएपनि मेलम्चीको पानी काठमाडाैं ल्याईने प्रतिवद्धता व्यक्त गरेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा खानेपानी मन्त्रालयसंग सम्बन्धीत प्रश्नोत्तर कार्यक्रमम सहभागी हुँदै उनले पुन टेण्टर आव्हान गरेर बाँकी काम सम्पन्न गरी मेलम्चीको पानी काठमाडाैं  ल्याईने बताइन् ।

सिएम सिले आयोजनाको काम बीचमै छोडेर हिंडेपछि केही अन्यौल उत्पन्न भएको भएपनि पुन टेण्टर आव्हान गरेर काम सम्पन्न गर्ने तयारीमा मन्त्रालय लागेको उनले बताइन् । पुन टेण्टर गराउने सम्बन्धमा कामहरु भईरहेको उनले स्पष्ट पारिन् । उनले मेलम्चीमा कसैको कुनै पनि गिद्दे नजर पर्न नदिने दाबा गरिन् ।

आफुले मन्त्रालयको जिम्मेवार सम्हालेपछि मेलम्ची खानेपानी आयोजनाको मुलभुत र महत्वपुर्ण काम सम्पन्न गरेको उनको दाबी छ ।

उनले मिडियाले नियोजित ढंगले आफ्ना विरुद्ध प्रचारवाजी गरेको भन्दै आक्रोश पोखिन् । आफु आएपछि सिएमसिलाई मन्त्रालयबाट ८४ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेको भन्दै उनले ‘मन्त्रीले एक अर्ब खायो ’भनेर मिडियाले प्रचारवाजी गरेको गुनासो गरिन् ।

सचिवको सरुवा स्वभाविक भएको भन्दै उनले मेलम्चीलाई प्राथमिकतामा राखेर काम गर्न आफुले दिएको निर्देशन अनुसार सचिवले काम नगरेको दाबी गरिन् । उनले सचिवले कमिशन मागेको विषयलाई आफुले आधिकारिक रुपमा कही पनि नउठाएको स्पष्ट पारिन् । आयोजनाले विगारेका सडकहरु छिटो मर्मत गरिने उनले बताइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);