अझै सञ्चालनमा आएन द्वन्द्वकालमा ध्वस्त भएको कमलबजार विमानस्थल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अझै सञ्चालनमा आएन द्वन्द्वकालमा ध्वस्त भएको कमलबजार विमानस्थल

kamalbajar bimansthal

सुशील भण्डारी 
अछाम, ७ फागुन । सुदूरपश्चिम प्रदेशको दुर्गम जिल्ला अछामको कमलबजारस्थित कमलबजार विमास्थल अहिलेसम्म पनि संचालनमा आउन सकेको छैन । २०५८ सालको माओवादी द्वन्दको क्रममा विमानस्थलको टावर नै ध्वस्त भएदेखि कमलबजार विमानस्थल सञ्चालनमा आउन नसकेको हो ।

२०५१ सालमा निमार्ण सुरु भई २०५५ सालमा निर्माण सम्पन्न भएको अछामको कमलबजार विमानस्थल अहिलेसम्म संचालनमा आउन सकेको छैन । श्रमदानबाट बिमानस्थल निर्माण गर्दा उत्साहित भएका स्थानीयहरु लामो समयसम्म नचल्दा अहिले निराश बनेका छन् । विमानस्थल संचालनमा आउन नसक्नुको प्रमुख कारण त्यतिबेलाको माओवादीको सशस्त्र द्वन्द्व नै हो । द्वन्द्वको क्रममा २०५८ सालमा आवोवादी लडाकूहरुले बिमानस्थलको टावर नै ध्वस्त बनाई दिए ।

संचालनको तयारीमा रहेको बिमानस्थल त्यस यता सञ्चालनमा आउन सकेको छैन । कमलबजार विमानस्थल बन्द हुँदा आकस्मिक कामका लागि जिल्ला बाहिर जाने र सिकिस्त बिरामीलाई समस्या पर्दै आएको छ । बन्द रहेको विमानस्थल छिटो भन्दा छिटो संचालनमा ल्याउन स्थानीयले माग गर्दै आएका छन् ।

कमलबजार विमानस्थल संचालनमा ल्याउनको लागि पुर्वी अछामको कमलबजार नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकाले दुई करोड बजेट समेत छुट्याइएको छ । पुर्वी अछामका चार वटै स्थानिय तहका जनप्रतिनिधिको संयुक्त बैठकले विमानस्थल संचालनमा ल्याउनको लागि गरिएको निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाईएको छ ।

विमानस्थल निमार्ण गर्ने अधिकार स्थानीय सरकारलाई नभएकोले नेपाल नागरिक उड्डयन प्राधिकरणले आफै निर्माण गर्ने भनी बताउँदै आए पनि निमार्ण कार्य कहिलेदेखि शुरु गर्ने भन्ने कुनै टुगोँ छैन । कमलबजार बिमानस्थल संचालनका लागि यहाँका स्थानीय तहहरुले बजेट बिनियोजन र बिमानस्थललमा निर्माण कार्य थालनीको लागि सर्भेको लागि केन्द्रमा माग राखिसकेका छन् ।

अहिले कमलबजार विमानस्थलको अवस्था निकै दयनिय छ । यो विमानस्थलआज भोली गाईचरणमा परिणत भएको छ । यस क्षेत्रबाट पटकपटक जनप्रतिनिधिहरुले संसदमा प्रतिनिधित्व गरे, मन्त्री पनि भए । तर पनि यस बिमानस्थल संचालन बारेमा कुनै कुरा उठाइएको पाईदैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);