काठमाडौं, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुलाई जनयुद्ध दिवस मान्य नरहेको बताएका छन् ।
बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा नेता नेपालले जनयुद्ध दिवस मनाउने निर्णय पार्टीको नभई कसैको व्यक्तिगत निर्णय भएको बताए । उनले जनयुद्ध दिवस आफूलाई मान्य नभएको उल्लेख गरे ।
उनले आफनो दलभित्रको अनुशासन ,पार्टी अध्यक्षले नै बुझ्न नसक्नु दुःखद रहेको टिप्पणी गरे । कुनै नेताको एकल निर्णयले मनाइएको जनयुद्ध दिवस पार्टीलाई मान्य नहुने नेता नेपालको भनाई छ । नेता नेपालले जनयुद्धको मात्र नभई सबै आन्दोलनका शहीदहरुको सम्मान गर्नुपर्नेमा जोड दिए ।